ऋणात्मक बजेटले देशको समृद्धि हासिल गर्न सक्दैन : नेता खाँड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले देशको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी गर्नुभएकाे छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले बजेट कागजको घाडा जस्तै भएको संज्ञा दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘ बजेट कागजको घोडा जस्तै । न यसले घाँस र दाना खाला, न यसले सवारी बोक्न सक्ला ? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन ।’

उहाँले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरे पनि बजेटले संघीयताको आधारशीलालाई नमानेको बताउनुभयाे । समाजवाद हुँदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुँदै पूँजीवाद उन्मुख भएको दाबी गर्नुभयाे । कर्मचारीको तलब वृद्धि भए पनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको उहाँको भनाइ छ ।

वृद्ध भत्ताका लागि ७० वर्षबाट ६५ वर्षमा कायम गर्ने निर्णय पूर्ववर्ती सरकारले गरेको भन्दै त्यही मापदण्ड लागु गर्न आग्रह गर्नुभयाे । त्यसैगरी उहाँले पूर्ववर्ती सरकारले स्पाइनल कर्ड इन्जुरी, मटु, र्मिगौला, क्यान्सर रोगका बिरामीलाई र्निवाह भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गर्नुभयाे।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *