What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रथम मुसिकोट नगर कप भलिवलको उपाधी मुनपा एकलाई
What To Know
- साथै मुनपा ८ का खेलाडी सन्दिप विक उत्कृष्ट खेलाडी घोषित भए भने मुनपा ४ का खेलाडी कृष्ण दर्लामी उत्कृष्ट डिफेण्डरमा घोषित भए । त्यस्तै मुनपा ६ का खेलाडी सन्दिप भर्ताल अनुशासित खेलाडी घोषित भए । विभिन्न विधाबाट उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी र प्रमाण पत्रले सम्मान गरिएको थियो ।.
- समापन समारोहलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माले खेल क्षेत्रको विकास गर्न नगरपालिका सधै तत्पर रहेको बताउदै खेल जीवनसँग जोडिएकोले खेलाडीले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । साथै उहाँले नगर खेलकुद विकास समितिले भावी दिनमा खेलकुदका कार्यक्रमहरुमा पुरुष तथा महिलाहरुलाई समेत समान अवसर दिनुपर्नेमा जोड दिदै खेलको प्रतिस्पर्धाले क्षमताको विकास हुने पनि बताउनुभयो ।.
कौरव खत्री
गुल्मी । प्रथम मुसिकोट नगरकप भलिवल प्रतियोगिताको उपाधी मुसिकोट नगरपालिका एकले जितेको छ । आइतबार वामीटक्सारमा भएको फाइनल खेलमा मुसिकोट ८ लाई पराजित गर्दै एकले नगद रु. ५० हजार, ट्रफी मेडल र प्रमाण पत्रसहित प्रथम पुरस्कार हात पारेको हो । द्वितीय हुने मुसिकोट नगरपालिका ८ गुल्मीले नगद रु. ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै मुसिकोट नगरपलिका ६ गुल्मीले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्रसहित तृतीय पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा मुनपा १ का खेलाडी राजेश कुँवरले उत्कृष्ट स्पाइकर घोषित भएका छन् भने सोही वडाका खेलाडी कृष्ण प्रताप केसीले उत्कृष्ट ब्लकरको रुपमा घोषित भएका छन् यस्तै मुनपा ५का खेलाडी कृष्ण परियार उत्कृष्ट लिफ्टर घोषित भए ।
साथै मुनपा ८ का खेलाडी सन्दिप विक उत्कृष्ट खेलाडी घोषित भए भने मुनपा ४ का खेलाडी कृष्ण दर्लामी उत्कृष्ट डिफेण्डरमा घोषित भए । त्यस्तै मुनपा ६ का खेलाडी सन्दिप भर्ताल अनुशासित खेलाडी घोषित भए । विभिन्न विधाबाट उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारासहित मुसिकोट नगर खेलकुद विकास समिति गुल्मीको आयोजनामा विहिवारदेखि शुरु भएको भलिवल प्रतियोगितामा नगरभित्रका सबै वडाबाट गरि २३ समूहको सहभागिता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका नगर उपप्रमुख कमला शर्माले खेल क्षेत्रको विकास गर्न नगरपालिका सधै तत्पर रहेको बताउदै खेल जीवनसँग जोडिएकोले खेलाडीले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । साथै उहाँले नगर खेलकुद विकास समितिले भावी दिनमा खेलकुदका कार्यक्रमहरुमा पुरुष तथा महिलाहरुलाई समेत समान अवसर दिनुपर्नेमा जोड दिदै खेलको प्रतिस्पर्धाले क्षमताको विकास हुने पनि बताउनुभयो ।