काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
खेतीयोग्य जमीन मासेर कृत्रिम ताल
रामपुर, पाल्पा । रामपुर नगरपालिका–६ पाल्पाका कृष्णप्रसाद भण्डारीले खेतीयोग्य जमीन मासेर कृत्रिम ताल निर्माण गर्नुभएको छ । भण्डारीले बुबाको स्मृतिमा रामपुर नगरपालिका–५, तल्लो भम्बक बहखोला किनारमा रहेको तीन बाली लाग्ने छ रोपनी खेत मासेर ताल निर्माण गर्नुभएको हो ।
स्व बुबा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेको उहाँले बताउनुभयो । छ रोपनी खेतमध्ये पाँच रोपनीमा ताल विस्तार भइसकेको छ भने बाँकी भागमा पर्यटक आकर्षित गर्ने उद्देश्यले बाल उद्यान तथा पार्क निर्माण गर्ने तयारी भइरहेको भण्डारीले बताउनुभयो ।
ताल निर्माणसँगै भण्डारीले पार्कमा पर्यटक भित्र्याउने गरी दीर्घकालीनरुपमा सञ्चालन गर्न एउटा आधुनिक डुंगा र एउटा स्थानीय सामानबाट निर्माण गरिएको डुंगा सञ्चालनमा ल्याउनुभएको छ ।
अनुमानित रु २५ लाखको लागतमा कृत्रिम ताल र पार्क निर्माण कार्य सम्पन्न हुने उहाँको भनाइ छ । उहाँले पार्क वरपर विभिन्न प्रजातिका फूल लगाउने र ताल वरपर पनि प्राकृतिक वनस्पतिमार्फत बार लगाउने तयारी रहेको बताउनुहुन्छ । उहाँले पार्क परिसरमा ढुंगामाटोको नमूना घरसमेत निर्माण गर्नुभएको छ ।