नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

खुल्ला स्थानमा राजधानी तोकिन्छ : सभामुख घर्ती
लमही । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश राजधानी खुल्ला स्थानमा तोकिने बताउनुभएको छ ।
दाङको तुलसीपुरस्थित जनकल्यान माबि दूधरासको ६८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले शहरी क्षेत्रको भीडभाडमा भन्दा पनि खुल्ला ठाउँमा राजधानी तोकिने बताउनुभयो ।
“अहिले शहर बसिरहेको क्षेत्र धेरै भीडभाड हुन्छ, यस्तो ठाउँमा राजधानी तोक्दा कार्यालय व्यवस्थापन गर्न समस्या हुन्छ,” उहाँले भन्नुभयो, “राजधानीका लागि खुल्ला ठाउँ चाहिन्छ, यसका लागि विज्ञ टोलीको पनि सुझाव लिन्छौँ ।”
प्रदेश राजधानीका लागि प्रदेशका १२ वटै जिल्लामा सुझाव सङ्कलन भइरहेको भन्दै उहाँले प्राप्त सुझावमाथिको छलफल तथा विज्ञटोलीको सुझावका आधारमा राजधानी तोकिने बताउनुभयो ।