What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
कतारमा रहेका १० नेपाली श्रमिकका परिवारलाई ‘स्नेह मिलन’ अभियानमार्फत कतार भ्रमण गराइने
What To Know
- ‘स्नेह मिलन’ लामो समयको पारिवारिक विछोडपछि परिवारका सदस्यबीच माया, आत्मीयता र खुसी साटासाट गर्ने अवसर प्रदान गर्ने मानवीय अभियान हो। कतारको विकासमा योगदान पुर्याइरहेका नेपाली श्रमिकको भावना र पारिवारिक आकाङ्क्षालाई सम्मान गर्दै अभियान सफल बनाउन सबै पक्षको साथ र सहकार्य अपेक्षा गरिएको आयोजकले जनाएको छ।.
- आयोजकले पत्रकार सम्मेलनमा उपस्थित अतिथि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ। साथै, मुख्य प्रायोजक भिट्टोरिया गोल्ड एन्ड डायमन्ड, सहकार्य गर्ने क्युएफएम रेडियो नेटवर्क र कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।.
दोहा । कतारमा लामो समयदेखि परिवारबाट टाढा रहेर न्यून तलबमा काम गरिरहेका नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन २०२६’ अभियान सञ्चालन गरिने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले आयोजना गर्ने अभियानबारे शनिबार, ३ अक्टोबर २०२६ मा दोहाको गोर्खाली रेस्टुरेन्ट, मुन्तजामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा कतारमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, एनआरएनए अभियन्ता, सामाजिक अभियन्ता, व्यवसायी, सञ्चारकर्मी तथा नेपाली समुदायका सदस्यहरूको उपस्थिति थियो। कार्यक्रममा अभियानको उद्देश्य, लाभग्राही छनोट प्रक्रिया र प्रस्तावित कार्यक्रमबारे जानकारी गराइएको थियो।
भिट्टोरिया गोल्ड एन्ड डायमन्डको मुख्य प्रायोजन तथा क्युएफएम रेडियो नेटवर्कको सहकार्यमा सञ्चालन हुने अभियानअन्तर्गत छनोट गरिएका १० जना नेपाली श्रमिकका परिवारलाई कतार भ्रमण गराइनेछ। भ्रमणमा सहभागी परिवारका सदस्यका लागि हवाई टिकट, विमानस्थलमा स्वागत तथा बिदाइ, तारे होटेलमा बसोबास र कतारका विभिन्न आकर्षक स्थलहरूको भ्रमणको व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख छ।
‘स्नेह मिलन’ लामो समयको पारिवारिक विछोडपछि परिवारका सदस्यबीच माया, आत्मीयता र खुसी साटासाट गर्ने अवसर प्रदान गर्ने मानवीय अभियान हो। कतारको विकासमा योगदान पुर्याइरहेका नेपाली श्रमिकको भावना र पारिवारिक आकाङ्क्षालाई सम्मान गर्दै अभियान सफल बनाउन सबै पक्षको साथ र सहकार्य अपेक्षा गरिएको आयोजकले जनाएको छ।
आयोजकले पत्रकार सम्मेलनमा उपस्थित अतिथि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ। साथै, मुख्य प्रायोजक भिट्टोरिया गोल्ड एन्ड डायमन्ड, सहकार्य गर्ने क्युएफएम रेडियो नेटवर्क र कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
अभियानको आगामी प्रक्रिया तथा थप जानकारी संघका आधिकारिक सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ।







