भोटेकोशी बाढीः गुल्मीका सात जना सम्पर्कविहीन

गुल्मी । भोटेकोशी नदीमा आएको बाढीका कारण गुल्मीका सात व्यक्ति सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार रुरुक्षेत्र गाउँपालिका–५ का अनिता पुरी र मालिकागाउँपालिका–७ का दिनेश घिमिरे रसुवा भन्सार कार्यालयमा कार्यरत रहेकै अवस्थामा बाढीमा परी सम्पर्कविहीन हुनुभएको जनाएको छ ।

यसैगरी, रुरुक्षेत्र गाउँपालिका–६ का ३९ यमबहादुर दर्लामी, छत्रकोट गाउँपालिका–४ का गणेश ज्ञवाली, सत्यवती गाउँपालिका–८ धनबहादुर गलामी र रुरुक्षेत्र गाउँपालिका–३ का ५०  कपिलमणि ज्ञवाली पनि हालसम्म सम्पर्कविहीन हुनुभएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभएको छ । उहाँहरु चारमध्ये तीनजना जलविद्युत् आयोजनामा प्राविधिक र एकजना सुरक्षा गार्डमा कार्यरत रहेको थिए ।

यसैगरी, मानसरोवरको तीर्थयात्राको सिलसिलामा चीनको सीमा क्षेत्र पुग्नुभएका कालीगण्डकी गाउँपालिका–१ हर्मीचौरका ३७ वर्षीय शिव न्यौपाने पनि बाढीपछि हालसम्म सम्पर्कमा आउनुभएको छैन ।

बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धारका लागि रसुवास्थित स्थानीय प्रशासन, सुरक्षा निकाय र आफन्तहरूसँग निरन्तर समन्वय भइरहेको तथा खोजी कार्यलाई तीव्रता दिइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो  ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *