What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
महिला सुरक्षा दबाव समूहको ३४औँ वार्षिक उत्सव सम्पन्न : अष्टलक्ष्मी शाक्य , सीता ओझा लगायत सम्मानित
What To Know
- त्यसैगरी, सञ्जाल सदस्य संस्था महिला, कानुन र विकास मञ्चका तर्फबाट महिला अधिकारमैत्री कानुन निर्माण तथा कानुनी अभियानमा दीर्घकालीन योगदान पुर्याउनुभएको वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानालाई पनि सम्मान गरिएको थियो।.
- त्यसैगरी, वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले महिला पक्षीय कानुन निर्माण तथा अधिकार सुनिश्चित गर्न आफ्नो संस्था सुरुदेखि नै निरन्तर कानुनी संघर्षमा सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उक्त अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्मानका लागि उहाँले महिला सुरक्षा दबाव समूहप्रति आभार व्यक्त गर्नुभयो।.
काठमाडाैं । महिला सुरक्षा दबाव समूहको ३४औँ वार्षिक उत्सव बिहीबार काठमाडौंको बबरमहलस्थित साफा फाल्चामा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।
समूहकी अध्यक्ष इरादा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव वैजयन्ती कार्कीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष कमला उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको थियो।
वार्षिक उत्सवको अवसरमा महिला सुरक्षा दबाव समूहको स्थापना तथा महिला अधिकारको आन्दोलनमा पुर्याउनुभएको विशिष्ट योगदानको कदर गर्दै पूर्वमुख्यमन्त्री तथा वामपन्थी नेतृ अष्टलक्ष्मी शाक्यलाई सम्मान गरिएको थियो।

त्यसैगरी, सञ्जाल सदस्य संस्था महिला, कानुन र विकास मञ्चका तर्फबाट महिला अधिकारमैत्री कानुन निर्माण तथा कानुनी अभियानमा दीर्घकालीन योगदान पुर्याउनुभएको वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा महिला अधिकारकर्मी सीता ओझाले पैत्रिक सम्पत्तिमा महिलाको अधिकार सुनिश्चित गर्न सञ्चालन गरेको संघर्षपूर्ण अभियान र त्यसक्रममा भोग्नुपरेका सामाजिक तथा पारिवारिक चुनौतीबारे संस्थाकी पूर्वसचिव तथा वर्तमान कार्यसमिति सदस्य अधिवक्ता अजिता अर्यालले प्रेरणादायी अनुभव प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा महिला अधिकारको क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै सीता ओझालाई पनि सम्मान गरिएको थियो।
सम्मानपछि बोल्दै अष्टलक्ष्मी शाक्यले महिला सुरक्षा दबाव समूहले महिला अधिकार, समानता र न्यायका पक्षमा खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै यस्ता संस्थाहरूको आवश्यकता अझ बढ्दै गएको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले महिला पक्षीय कानुन निर्माण तथा अधिकार सुनिश्चित गर्न आफ्नो संस्था सुरुदेखि नै निरन्तर कानुनी संघर्षमा सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उक्त अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्मानका लागि उहाँले महिला सुरक्षा दबाव समूहप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा सञ्जाल आबद्ध ५५ वटा सदस्य संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, संस्थापक सदस्य, सल्लाहकार, पूर्वपदाधिकारी तथा वर्तमान कार्यसमितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सचिवद्वय सीता ओझा र मिना स्वर्णकारले संयुक्त रूपमा गर्नुभएको थियो।
महिला सुरक्षा दबाव समूहले विगत तीन दशकभन्दा बढी समयदेखि महिला अधिकार, लैङ्गिक समानता, कानुनी सुधार तथा महिला सुरक्षासम्बन्धी नीतिगत पैरवीमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।







