एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत

What To Know

  • सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणहरू छलफलपछि स्वीकृत गरेको बैंकले जनाएको छ।.
  • साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आवश्यक नियामकीय स्वीकृति प्राप्त गरेपछि बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। साथै, सभाले अन्य विभिन्न प्रस्तावहरू समेत पारित गरेको छ।.

काठमाडौं । एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणहरू छलफलपछि स्वीकृत गरेको बैंकले जनाएको छ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आवश्यक नियामकीय स्वीकृति प्राप्त गरेपछि बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। साथै, सभाले अन्य विभिन्न प्रस्तावहरू समेत पारित गरेको छ।

सभाबाट संस्थापक शेयरधनी समूहबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट आदित्य कुमार अग्रवाल, केशवप्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएका छन्।

बैंकका अनुसार नवनिर्वाचित सञ्चालकहरूले आगामी कार्यकालमा बैंकको रणनीतिक नेतृत्व तथा संस्थागत विकासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *