What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बिहीबार बस्नेगरी स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’ को माग गर्नुभएको थियो । पटकपटक बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि अर्को बैठक बिहीबार बिहान ११ः०० बजे बस्नेगरी स्थगित भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो ।






