वंशजकाे नागरिकता निरन्तरता र ऐन संशोधनका विषयमा बेलायतमा छलफल

What To Know

  • बेलायतस्थित नेपाली दूतावासले NRNA ICC र NRNA UK लाई संयुक्त बैठकका लागि गरेको आह्वानबारे पनि बैठकमा छलफल भएको छ। यस विषयमा आवश्यक गृहकार्य गरेर अगाडि बढ्ने निर्णय गरिएको जनाइएको छ।.
  • त्यस्तै, NRNA UK–CUP 2026 को तयारी र व्यवस्थापनबारे अर्को बैठकमा थप छलफल गर्ने निर्णय गरिएको छ। अन्य विविध विषयहरूमा पनि बुँदागत रूपमा छलफल गरी आवश्यक निर्णय लिइएको छ।.

काठमाडौँ । वंशजकाे नागरिकता निरन्तरता र ऐन संशोधनका विषयमा बेलायतमा छलफल भएकाे छ । गैरआवासीय नेपाली संघ यूके (NRNA UK) का अध्यक्ष प्रेम गाहामगरको आह्वानमा बुधबार  भएकाे जुम बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल गरिएको जनाइएको हाे।

बैठकमा विशेषगरी ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०८२’ को मस्यौदामा राखिएको प्रावधानप्रति आपत्ति जनाइएको छ। उक्त मस्यौदामा एनआरएनहरूले नेपालमा आफ्नो अचल सम्पत्ति बिक्री गर्दा ५० प्रतिशत राजस्व बुझाउनुपर्ने व्यवस्था राखिएको भन्दै त्यसबारे गम्भीर छलफल भएको थियो। साथै, एनआरएनए यूकेको भावी योजनाबारे पनि विचारविमर्श गरिएको छ।

बेलायतस्थित नेपाली दूतावासले NRNA ICC र NRNA UK लाई संयुक्त बैठकका लागि गरेको आह्वानबारे पनि बैठकमा छलफल भएको छ। यस विषयमा आवश्यक गृहकार्य गरेर अगाडि बढ्ने निर्णय गरिएको जनाइएको छ।

त्यस्तै, NRNA UK–CUP 2026 को तयारी र व्यवस्थापनबारे अर्को बैठकमा थप छलफल गर्ने निर्णय गरिएको छ। अन्य विविध विषयहरूमा पनि बुँदागत रूपमा छलफल गरी आवश्यक निर्णय लिइएको छ।

बैठकबाट आएका निष्कर्ष अनुसार बेलायतमा रहेका नेपाली संघ–संस्थाहरूलाई समेटेर बंशजको नागरिकता निरन्तरताका लागि एकीकृत र ठोस प्रस्ताव तयार पार्दै अभियान अघि बढाउनुपर्नेमा जोड दिइएको छ। साथै, NRNA र गुरखा समुदायबीच साझा एजेण्डा बनाएर अघि बढेमा भावी पुस्तालाई सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।

यद्यपि केही वक्ताहरूले गाेर्खा समुदायको पृष्ठभूमि फरक रहेको भन्दै यसलाई नेपालको संविधानभित्र समेट्नुपर्ने र छुट्टै ‘गाेर्खाज एक्ट’ आवश्यक पर्ने धारणा पनि राखेका छन्।

बैठकले बंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न संघर्ष समिति मार्फत नेपाल सरकारमाथि दबाब सिर्जना गर्ने कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। यस विषयमा थप पहल गर्न लण्डनस्थित नेपाली दूतावाससँग संयुक्त बैठक गर्ने सहमति पनि गरिएको छ।

त्यसैगरी, आगामी २६ मे २०२६ मा बेलायतको अल्डरसटस्थित एम्पायर सभा हलमा ३३६ भन्दा बढी संघ–संस्थाको सहभागितामा निर्णायक सभा आयोजना गर्ने निर्णय गरिएको छ।

बैठक अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेका थिए। बैठकमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ बढी सहकार्य र एकताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *