शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय

काठमाडाैं । अब सरकारले सातामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा दिने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार दुवै दिन बिदा दिने निर्णय गरेको हो।

बिदाको यो निर्णय शैक्षिक संस्थामा आगामी वैशाख १५ देखि लागु हुने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार अब नयाँ शैक्षिक सत्र वैशाख १५ मा सुरु गरिनेछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *