What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
What To Know
- Com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्प प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकैको कुनै पनि शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।.
- बैंकका अनुसार निक्षेपको ब्याजमा काटिएको कर E-TDS प्रणालीमा देखाउन प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले अनुसूची–१० मा मिलान गर्नेछ। यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज बनाउने तथा बैंक धाउनुपर्ने झन्झट कम गर्ने विश्वास बैंकको छ।.
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका अनुसार ग्राहकको खाताबाट काटिएको कर विवरण “आयकर ऐन २०५८” अनुसार आन्तरिक राजश्व विभागको प्यान प्रणालीमा अनिवार्य रूपमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक गर्न भनिएको हो। ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्प प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकैको कुनै पनि शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेपको ब्याजमा काटिएको कर E-TDS प्रणालीमा देखाउन प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले अनुसूची–१० मा मिलान गर्नेछ। यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज बनाउने तथा बैंक धाउनुपर्ने झन्झट कम गर्ने विश्वास बैंकको छ।
यस्तै, प्यान अद्यावधिक नगरेका कारण E-TDS मा ब्याजकर नदेखिएको वा पछि कर समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी बैंक नहुने पनि स्पष्ट पारिएको छ।
बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। भिडियो केवाईसी सेवा (https://www.nicasiabank.com/video-kyc/
) वा मोबाइल बैंकिङ एपको “My Profile” मा गएर “Change Email” विकल्पमार्फत ईमेल अद्यावधिक गर्न सकिनेछ। साथै, शाखा कार्यालयमार्फत पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ।
यदि यसअघि प्यान उपलब्ध गराइसक्दा पनि कर विवरण समावेश नभएको वा ईमेल अद्यावधिक नभएको अवस्थामा नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्र (फोन: १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गरी सेवा लिन बैंकले आग्रह गरेको छ।






