What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एन आई सी एशिया बैंकले मनायाे ‘ग्लोबल मनी विक २०२६’, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित
काठमाडौँ । एन आई सी एशिया बैंक ले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल राष्ट्र बैंक को राष्ट्रिय संयोजनमा आयोजित उक्त कार्यक्रमअन्तर्गत बैंकका सातै प्रदेशका शाखामार्फत विभिन्न विद्यालय तथा कलेजमा विद्यार्थी र युवाहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता सम्बन्धी गतिविधि सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार, देशभर सञ्चालन गरिएका ६७ भन्दा बढी कार्यक्रममार्फत ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन्। यस्ता कार्यक्रमले सहभागीहरूमा वित्तीय ज्ञान, सीप र सही आर्थिक व्यवहार विकास गर्न सहयोग पुगेको बैंकको विश्वास छ।
यसै क्रममा बैंकले वित्तीय साक्षरता र जनचेतना अझ प्रभावकारी बनाउन विभिन्न जानकारीमूलक सामग्री तयार गरी सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको जनाएको छ।
बैंकले नेपाल राष्ट्र बैंक को निर्देशनअनुसार सञ्चालन गरिएका यी गतिविधिले बालबालिका, विद्यार्थी तथा युवामाझ वित्तीय सचेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको उल्लेख गरेको छ।






