जैमिनीमा कृषि सङ्कलन केन्द्र निर्माण

What To Know

  • दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत सामग्री सङ्कलन, बजारीकरण गर्नेलगायत उद्देश्यले भवन निर्माण गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो । “हाम्रो उद्देश्य यहाँको स्थानीय उत्पादन सङ्कलन गरी बजारीकरणसँगै प्रवर्द्धन गर्ने हो । वडा नं ३ मा उत्पादिन सामग्री यहाँ सङ्कलन गरिन्छ, त्यसपछि जैमिनी नगरपालिकाको कृषि एम्बुलेन्समा राखेर बिक्री गर्न पठाइन्छ”, उहाँले भन्नुभयो, “कृषि सामग्री सङ्कलनका लागि घरघर जान नपरोस् भन्ने उद्देश्यले यो काम थालेका छौँ ।”.
  • कृषि पेसा गर्दै आउनुभएका उहाँले गाउँमा सडक, यातायातको पहुँच विस्तार भएसँगै कृषि उत्पादनमा प्रगति भइरहेको भन्दै केन्द्रले बजारीकरणमा सघाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले उत्पादन गरेका वस्तु सङ्कलन गर्ने छौँ, त्यसपछि गाडीमार्फत बजारसम्म लगिने छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँ सबैभन्दा बढी आलु र भाँगो उत्पादन हुन्छ ।.

गलकोट (बागलुङ) । स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको छ । जैमिनी-३ को रु तीन लाख १२ हजार लागतमा कृषि सङ्कलन केन्द्र निर्माण गरिएको हो ।

दमेकमा उत्पादन हुने आलु, भाँगो, जडीबुटीलगायत सामग्री सङ्कलन, बजारीकरण गर्नेलगायत उद्देश्यले भवन निर्माण गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो । “हाम्रो उद्देश्य यहाँको स्थानीय उत्पादन सङ्कलन गरी बजारीकरणसँगै प्रवर्द्धन गर्ने हो । वडा नं ३ मा उत्पादिन सामग्री यहाँ सङ्कलन गरिन्छ, त्यसपछि जैमिनी नगरपालिकाको कृषि एम्बुलेन्समा राखेर बिक्री गर्न पठाइन्छ”, उहाँले भन्नुभयो, “कृषि सामग्री सङ्कलनका लागि घरघर जान नपरोस् भन्ने उद्देश्यले यो काम थालेका छौँ ।”

यसअघि कृषि सङ्कलन केन्द्र नहुँदा कृषि उत्पादनले बजार पाउन नसकेका बताउँदै उहाँले किसानलाई बिक्रीका लागि असहज हुँदै आएकामा अब समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब यसले यहाँका हरेक कृषकलाई आम्दानीसँग जोड्न सहयोग गर्नेछ ।”

स्थानीय भैरवप्रसाद सापकोटाले यहाँ सङ्कलन केन्द्र अतिआवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानलाई आम्दानीसँगै जोड्न तथा कृषि उत्पादनको बजारीकरणसँगै प्रवर्द्धनका लागि पनि आवश्यक थियो । ठिक ठाउँ र समयमा केन्द्र निर्माण गरी सञ्चालनमा आएपछि किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।”

कृषि पेसा गर्दै आउनुभएका उहाँले गाउँमा सडक, यातायातको पहुँच विस्तार भएसँगै कृषि उत्पादनमा प्रगति भइरहेको भन्दै केन्द्रले बजारीकरणमा सघाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले उत्पादन गरेका वस्तु सङ्कलन गर्ने छौँ, त्यसपछि गाडीमार्फत बजारसम्म लगिने छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँ सबैभन्दा बढी आलु र भाँगो उत्पादन हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *