What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एनआरएनए यूकेले भ्रष्टाचार र सहमति विषयक विशेष बहस कार्यक्रम आयोजना गर्दै
What To Know
- एल्डरशट/लण्डन । एनआरएनए यूकेले गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीमा देखिएको भ्रष्टाचार तथा महेश श्रेष्ठसँग ४ मे २०२५ मा भएको सहमतिबारे छलफल गर्न विशेष बहस कार्यक्रम आयोजना गर्ने भएकाे छ ।.
- गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीभित्र भइरहेको ठूलो आर्थिक अपचलन, एकता महाधिवेशनको पूर्वसन्ध्यामा भएको पाँच बुँदे सहमति कार्यान्वयन नहुनु, वंशजको नेपाली नागरिकता निरन्तरताको सवाल, र विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सदस्यता सम्बन्धी विषयमा देखिएको मौनताप्रति एनआरएनए यूकेले गम्भीर आपत्ति जनाउँदै आएकाे छ ।.
एल्डरशट/लण्डन । एनआरएनए यूकेले गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीमा देखिएको भ्रष्टाचार तथा महेश श्रेष्ठसँग ४ मे २०२५ मा भएको सहमतिबारे छलफल गर्न विशेष बहस कार्यक्रम आयोजना गर्ने भएकाे छ ।
कार्यक्रम १ फेब्रुअरी २०२६ का दिन, दिउँसो २ बजे ठमेल रेस्टुरेन्ट, एल्डरशटमा आयोजना हुनेछ। कार्यक्रमको समन्वय एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले गर्नुहुनेछ।
बहस कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष विश्वदीप तिगेला, सल्लाहकार थर्का सेन, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, उपाध्यक्ष तीर्थ बहादुर मल्ल (अनिल) र महासचिव जुरेन्द्र खजुम लिम्बु प्यानलिस्टका रूपमा सहभागी हुनेछन्।
एनआरएनए यूकेले यस बहस कार्यक्रममार्फत संगठनभित्र देखिएका मुद्दाहरूको खुला छलफल र पारदर्शी निर्णय प्रक्रियामा जोड दिने लक्ष्य राखेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीभित्र भइरहेको ठूलो आर्थिक अपचलन, एकता महाधिवेशनको पूर्वसन्ध्यामा भएको पाँच बुँदे सहमति कार्यान्वयन नहुनु, वंशजको नेपाली नागरिकता निरन्तरताको सवाल, र विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सदस्यता सम्बन्धी विषयमा देखिएको मौनताप्रति एनआरएनए यूकेले गम्भीर आपत्ति जनाउँदै आएकाे छ ।
यसअघि १८ जनवरी मा एल्डरसट मै एनआरएनए यूके अध्यक्ष तथा भ्रष्टाचार विराेधी सामाजिक अभियन्ता प्रेम गाहा मगरकाे अध्यक्षतामा नेपालकाे समसामयिक राजनीति बारे जानकारीसभा तथा अन्तर्क्रिया कार्यक्रम गरिएकाे थियाे ।






