रविसँगको एकताबारे बालेनले एकचोटि फेरि सोच्ने कि ?

What To Know

  • यी दुवै मुद्दाबाट उनी राजनीतिक पहुँच र पैसाको आडमा जोगिए तर भनिन्छ नि पाप धुरीबाट कराउँछ, अहिले यो प्रमाणित भएको छ । उनका पोल खोलिँदैछन् । हिजो नेताले देश लुट्यो भन्दै टेलिभिजनमा उफ्रिने उनले जनता नै लुटे । सहकारीमार्फत करोडौं जनताको खर्बौ रकम उनले पचाएका छन् । उनका कारण पीडितहरु घर न घाटको अवस्थामा पुगेका छन् । मर्नु न बाँच्नु अवस्थामा पुगेका छन्, जनता ।.
  • अनि चितवन क्षेत्र नम्बर २, मा ०८० वैशाखमा पुनः उपचुनाव गराइयो । उनी नै चुनिए । यो पटक पनि उनले अब सरकारमा जाँदैजाँदैनौं भनेका थिए । तापनि उनी फेरि सरकारमा गए । त्यो पनि गृहमन्त्रीका रुपमा । उनले फेरि पनि भ्रष्टाचारका ठूला फाइल खोल्ने दाबी गरे । तर, गृहमन्त्री बनेको महिनौंसम्म एउटै फाइल खोलेनन् । त्यसपछि उनका अन्य काण्ड बाहिरियो, सहकारी ठगीको । सहकारीमार्फत लाखौं सर्वसाधारणको खर्बौ रकम उनीसहितले हिनामिना गरेको खुलेपछि उनीउपर मुद्दा दर्ता भयो ।.

रुषा थापा
बजारमा रास्वपा सभापति रवि लामिछाने व्यापक चर्चा छ । चिया पसलदेखि सार्वजनिक स्थलसम उनकै विषयमा कुराकानी भइरहेको हुन्छ । तर, सकारात्मक होइन, नकारात्मक । आम सर्वसाधारण भन्छन्, ‘रविको अमेरिकामा दर्जनौं मुद्दा छन् ।’ राजस्व छलि, ठगीलगायत नौभन्दा बढी मुद्दा उनको अमेरिकामा विचाराधीन रहेको बताइन्छ ।

नेपालमा पनि उनीमाथि पाँच वटा सहकारी ठगीको आरोप छ । आफ्नो सहकर्मी शालिकग्राम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको पनि आरोप उनीमाथि लाग्दै आएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनमा समर्थन जनाएका उनकै योजनामा सिंहदरबार, सर्वोच्च अदालतलगायत मुलुकका इतिहासिक संरचना आगो झोसेर खरानी बनाइएको पनि आरोप छ ।

०७९ असारमा आफ्नै पार्टी खोल्नुअघि रवि राजावादी थिए । पत्रकारितामा लागेका उनी व्यापारी, दलाल, कर्मचारी, नेताहरुसँग पैसा बार्गेनिङ गर्न र खान माहिर थिए भन्नेहरु धेरै भेटिन्छन् । त्यसो त रवि नेपाली नागरिकता त्यागेका व्यक्ति हुन् । माओवादीले ०५२ फागुन १ गते जनयुद्ध शुरु गर्यो । अनि मारिने डरमा रवि अमेरिकातिर लागे ।

०५६ सालमा उनी अमेरिका पुगे । र, ०६६ सालमा नेपाली नागरिकता त्यागेर त्यहाँकै ग्रिनकार्ड वा पीआर लिए । अमेरिकामा उनीमाथि मुद्दामाथि मुद्दा लाग्यो । पारिवारिक सम्बन्धमा दरार उत्पन्न भयो । यसले त्यहाँ बस्न नसकेपछि उनी ०७१ जेठमा नेपाल फर्किए, त्यो पनि भिजिट भिसामा । पर्यटक भिसामा सीमित समयमा निम्ति नेपाल आएका उनी अमेरिका फर्किएनन् । किनकि उनले यहाँ ठग्ने काम शुरु गरिसकेका थिए ।

त्यसका निम्ति पत्रकारितालाई माध्यम बनाए । उनी ‘जनतासँग सिधाकुरा’ नामक कार्यक्रम चलाउँन्थे । जसमार्फत राजनीतिक दल र तिनका नेताहरुलाई भएभरको गालीगलौज गर्थे । नेताहरुले केही गरेनन् भन्दै जनतालाई उचाल्थे । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘पैसाको लागि रवि जेपनि गर्थे । पैसा पाएपछि कालोलाई सेतो र नपाएपछि सेतोलाई कालो बनाउन्थे । पत्रकारितामार्फत त उनले लुटधन्दा नै मच्याएका थिए नि ।’

उनको यो बानीबाट जानकार सहकर्मी शालिकग्राम पुडासैनीले पनि मर्नुअघि बनाएको भिडिओमा पनि प्रष्ट भनिएको थियो । उनले त रविको नेपाली नागरिकता छैन, उनी अमेरिकी दलाल हुन् भनेरसमेत जानकारी गराएका थिए । तर, त्यतिबेला राजावादीहरुलाई हातमा लिएर रवि जोगिए । पुडासैनीलाई त उनले आत्महत्या गर्न बाध्य बनाए नै सँगै आफ्नै ड्राइभरलाई समेत मारेको आरोप उनीमाथि छ ।

यी दुवै मुद्दाबाट उनी राजनीतिक पहुँच र पैसाको आडमा जोगिए तर भनिन्छ नि पाप धुरीबाट कराउँछ, अहिले यो प्रमाणित भएको छ । उनका पोल खोलिँदैछन् । हिजो नेताले देश लुट्यो भन्दै टेलिभिजनमा उफ्रिने उनले जनता नै लुटे । सहकारीमार्फत करोडौं जनताको खर्बौ रकम उनले पचाएका छन् । उनका कारण पीडितहरु घर न घाटको अवस्थामा पुगेका छन् । मर्नु न बाँच्नु अवस्थामा पुगेका छन्, जनता ।

तर, अझै पनि उनी भ्रम फैलाइरहेका छन् । रवि कसैको प्रगति देखिसहन्नँ । उनी महालोभी व्यक्ति हुन् । अरुले जे गर्छ, उनजलाई पनि त्यँही गर्नुपर्छ । ०७९ वैशाखको स्थानीय तहम चुनावमार्फत काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को विजय भयो । त्यो देखेपछि उनलाई डाहा भयो । पत्रकारिता गरिरहेका उनलाई एकाएक राजनीतिमा आउने रहर जाग्यो ।

अनि स्वतन्त्र नाम नै कब्जा गरे । जनतालाई भ्रमित बनाउन आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । यतिमात्र होइन, हिन्दु धर्मावलम्बीहरुको प्रतिक घण्टीलाई नै चुनाव चिन्ह बनाए । पाटी खोलेपछि ०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य चुनावमा उनी पार्टीसहित सहभागी भए । प्रत्यक्षतर्फ सातसहित २१ सिट जिते । चुनावअघि रवि भन्थे, ‘हामी सरकारमा जाँदैनौं ।’ तर, चुनावपछि थाहा भयो कि उनी त पदको सबैभन्दा बढी लोभी रहेछन् ।

०७९ पुस ११ गते माओवादी र एमाले गठबन्धनको सरकारमा रवि गृहमन्त्री बने । गृहमन्त्री बनेपछि उनी नेपाली नागरिक नै नभएको खुल्यो । सर्वोच्च अदालतले उनी अनागरिक ठहर गरेपछि ३२ दिनमै गृहमन्त्री, सांसद, पार्टी सभापतिलगायत पद गुमाए । पद गुमाएपछि उनले जनतालाई भ्रमित बनाउन आफूले भ्रष्टाचारका ठूला फाइल खोलेकोले पद गुमाएको प्रचार गरे । जनताले उनको कुरामा विश्वास गरे ।

अनि चितवन क्षेत्र नम्बर २, मा ०८० वैशाखमा पुनः उपचुनाव गराइयो । उनी नै चुनिए । यो पटक पनि उनले अब सरकारमा जाँदैजाँदैनौं भनेका थिए । तापनि उनी फेरि सरकारमा गए । त्यो पनि गृहमन्त्रीका रुपमा । उनले फेरि पनि भ्रष्टाचारका ठूला फाइल खोल्ने दाबी गरे । तर, गृहमन्त्री बनेको महिनौंसम्म एउटै फाइल खोलेनन् । त्यसपछि उनका अन्य काण्ड बाहिरियो, सहकारी ठगीको । सहकारीमार्फत लाखौं सर्वसाधारणको खर्बौ रकम उनीसहितले हिनामिना गरेको खुलेपछि उनीउपर मुद्दा दर्ता भयो ।

मुज्ञा दर्ता भएपछि उनले जनतालाई फेरि भ्रमित बनाउन अफवाह फैलाए कि भ्रष्टाचारका ठूला फाइदा खोलेकोले ममाथि राजनीतिक प्रतिशोध साँधियो । यदि काम गर्नु छ भने एक मिनेट पनि महत्त्वपूर्ण हुन्छ । रवि त दुईपटक गृहमन्त्री बने । तर, त्यसबीचमा उनले सिन्को भाँचेनन् । ठूला माछा समात्छु भन्दै जनतालाई भ्रमित मात्र बनाए ।

उनी केबल देश र जनता लुट्न आएका हुन् । पुराना दल र नेताले खाए, हामी पनि खानुपर्छ भनेर उनी राजनीतिमा खाएका हुन् । उनी सेवा गर्न होइन्, मेवा खान राजनीतिमा लागेका छन् । यो कुरा जनताले बुझ्न आवश्यक छ । सहकारी ठगीमा केही महिनायता जेलमा रहेका रवि हालै छुटेका छन् । आफूले सहकारी ठगेको स्वीकार्दै झण्डै चार करोड बिगो तिरेर उनी रिहा भएका हुन् ।

तर, उनका कार्यकर्ता फेरि पनि जनतालाई भ्रमित बनाइरहेका छन् । ‘रविले सफाई पाए’, ‘उनीमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भयो’ भन्दै रास्वपाका कार्यकर्ताहरु बजारमा हल्ला फिजाँइरहेका छन् । अनि अदालतसमक्ष चाँहि आफ्नो अपराध स्वीकार्ने, जनतालाई चाँहि भ्रमित बनाउने । जनताले यो कुरा बुझ्नुपर्छ । रवि महाठग व्यक्ति हुन् ।

उनका कारण पीडित हुने धेरै छन् । र, उनको असली रुप अझै पनि जनताले नबुझे पीडित झनै बढ्नेछन् । रविलाई न नेपालको माया छ न नेपालीको । उनी अमेरिकी दलाल हुन् । उनलाई केबल आफ्नो स्वार्थसँग मतबल छ, यो कुरा जनताले बुझ्न आवश्यक छ । त्यसो त अहिले रविप्रतिको लोकप्रियता घट्दो छ । यी सबै कर्तुतका कारण जनताको उनीप्रतिको विश्वास घटिरहेको छ ।

यसले चुनावमा असर पर्ने भएपछि उनले नयाँ तरिका अपनाएका छन् । एउटै दाग नलागेका जनमानसमा एकदमै लोकप्रिय काठमाडौंका मेयर बालेनलाई प्रधानमन्त्री बनाउने आश्वासनमा उनले हातमा लिइसकेका छन् । कुलमान घिसिङलाई पनि उनले हातमा लिन खोजेका थिए, तर, उनले रविको रणनीति बुझे ।

अब बालेनका सबै समर्थकले रास्वपालाई नै भोट दिनेछ । यद्यपि, चुनावपछि रविले बालेनलाई पक्कै धोका दिनेछन् । तब, बालेन पनि घर न घाटको अवस्थामा पुग्छन् । त्यसैले, अझै पनि बालेनले रविसँग एकताबारे सोच्न आवश्यक छ । जनताले पनि गलत र सहीलाई चिनौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *