What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
दुई प्रतिवेदन पारित गर्दै कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको विशेष महाधिवेशनको बन्दसत्र दुई प्रतिवेदन पारित गर्दै आज सम्पन्न भएको छ ।
यही पुस २७ र २८ गतेका लागि आह्वान भएको विशेष महाधिवेशनको बन्दसत्र पुस २८ गतेदेखि सुरु भएको थियो । आज साँझसम्म सञ्चालन भएको बन्दसत्र महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको साङ्गठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो ।
यसैगरी बन्दसत्रबाट आजै गठन गरिएको केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । उक्त तालिकाअनुसार बाँकी रहेको उम्मेदवारी मनोनयन दर्ताको समय परिवर्तन गरी बुधबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्मका लागि निर्धारण गरिएको समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।






