What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबलाई
काठमाडौँ, १९ पुसः विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हेल्प नेपाल स्पोर्टस क्लबले नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा हेल्प नेपालले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि जितेको हो । हेल्प नेपालले आर्मीमाथि २५–२१, २५–२१ र २५–२१ ले जित निकाल्यो ।
सोही मैदानमा आजै भएको महिलातर्फको फाइन खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै महिलातर्फको उपाधि जितेको छ ।
फाइनलमा न्यू डायमन्डले सुरुदेखि नै दबाब कायम राख्दै पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो ।






