एमाले गोरखाद्वारा चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकमा गोरखाको दुईवटै निर्वाचन क्षेत्रका प्रस्तावित उम्मेद्वारका नाम प्रदेश कमिटीमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।

एमाले गोरखा क्षेत्र नं १ बाट दुई जना र क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गरेको उहाँले बताउनुभयो । एमाले प्रतिनिधिसभा गोरखा क्षेत्र नं १ बाट आरसी लामिछाने र लीला न्यौपानेको नाम सिफारिस गरेको छ ।

त्यसैगरी प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का लागि एमालेले तीन जना नेताको नाम सिफारिस गरेको छ । सो क्षेत्रमा चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरेको हो ।

पार्टीका पूर्वजिल्ला कमिटी सचिव बाबुराम थापा र महिला नेतृ शशिकला पोखरेललाई पनि सोही क्षेत्रबाट उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । बैठकले दुुवै क्षेत्रमा समानुपातिक, जातीय, भौगोलिक लैङ्गिक सन्तुलन कायम गरी उम्मेद्वारको सिफारिस गरेको सचिव रोकाले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *