What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
राष्ट्रपतिले गरिदिएको ‘आइसब्रेक’पछि समझदारीको कार्यान्वयन कसरी?
What To Know
- काठमाडाैं । भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि त्यसलाई संस्थागत रूपमा चुनौती दिएको नेकपा एमालेलाई पछ्याउँदै कांग्रेसका झन्डै ६० जना तत्कालीन सांसद्हरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरिएकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र तीन शिर्ष राजनीतिक नेताहरूसँगको छलफल आयोजना गरेका थिए।.
- सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बीबीसीसँग भने, “राष्ट्रपति ज्यूको उपस्थितिमा हिजो भएको वार्तामा चुनावमा जाने भन्ने सहमति भएको छ। यो समझदारीलाई आत्मसात् गर्दै अब प्रधानमन्त्री ज्यूको आह्वान र आग्रहमा हामी एक-दुई दिनमै शीर्ष नेतृत्वसँग बालुवाटार अथवा सिंहदरबारमा चुनावलाई सुनिश्चित गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने सन्दर्भमा वार्तालाई अघि बढाउँछौँ।”.
काठमाडाैं । भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि त्यसलाई संस्थागत रूपमा चुनौती दिएको नेकपा एमालेलाई पछ्याउँदै कांग्रेसका झन्डै ६० जना तत्कालीन सांसद्हरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरिएकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र तीन शिर्ष राजनीतिक नेताहरूसँगको छलफल आयोजना गरेका थिए।
सरकारले मङ्गलवारको छलफलले ‘शीर्ष तहमा लामो समयदेखी रहेको संवादहीनतालाई अन्त्य गरेको र चुनावको वातावरण बनेको’ प्रतिक्रिया दिएको छ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बीबीसीसँग भने, “राष्ट्रपति ज्यूको उपस्थितिमा हिजो भएको वार्तामा चुनावमा जाने भन्ने सहमति भएको छ। यो समझदारीलाई आत्मसात् गर्दै अब प्रधानमन्त्री ज्यूको आह्वान र आग्रहमा हामी एक-दुई दिनमै शीर्ष नेतृत्वसँग बालुवाटार अथवा सिंहदरबारमा चुनावलाई सुनिश्चित गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने सन्दर्भमा वार्तालाई अघि बढाउँछौँ।”
राष्ट्रपति कार्यालयले ‘फाल्गुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी उक्त बैठकमा भएको’ जनाएको छ।
राष्ट्रपति पौडेलको रोहवरमा प्रधानमन्त्री कार्कीसँग कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले गरेको छलफल जेन जी आन्दोलनपछिका घटनाक्रमका बारेमा केन्द्रित रहेको बताइएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले उक्त छलफललाई चुनाव गराउने दिशामा भएको एउटा ‘निर्णायक मोड’का रूपमा पनि चित्रण गरे।
उनी भन्छन्, “चुनावका लागि समझदारी हुनु महत्त्वपूर्ण हो। यो अर्को मोड आएको छ। यसले चुनावको सुनिश्चितता गरेको छ। यसैमा आधारित भएर सघन छलफल गर्दै हामी अघि बढ्छौँ।”
जेन जी आन्दोलनपछि उत्पन्न राजनीतिक रिक्ततामाझ नेपाली सेनासमेतको सहयोग लिएर विभिन्न पक्षबीच छलफल गरी वर्तमान सरकार गठनमा राष्ट्रपति पौडेलले भूमिका खेलेका थिए।
सुशीला कार्की नेतृत्वको सरकार बने लगत्तै प्रतिनिधिसभा विघटन गरिएको थियो। राष्ट्रपति पौडेलले ‘बडो जुक्तिले’ संविधान जोगाएको बताउने गरेका छन्।






