What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम गर्दै एनआरएनए (यूके)
What To Know
- गत भदाै २३ र २४ गते नेपालमा भएकाे जेन जी आन्दाेलनपछि बदलिएकाे राजनीतिक परिस्थिति र निकास गैरआवासीय नेपालीहरूकाे भुमिका बारे कार्यक्रममा छलफल हुने छ। कार्यक्रम आगामी १८ जनवरी २०२६ मा दिउँसो १ः३० बजे एल्डरशटस्थित एम्पायर बांक्विट हल (हाइस्ट्रिट, GU11 1DJ) मा सुरु हुनेछ।.
- गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले देशको भविष्य सुरक्षित गर्नु र राष्ट्रलाई सुदृढ बनाउनु नेपालमा बस्ने हाेस वा विदेशमा रहने सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो। उहाँका अनुसार, वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता र “राष्ट्र बचाऊ, राष्ट्र बनाऊ” Save the Nation Build the Nation अभियानलाई समर्थन गर्न समुदायलाई एकजुट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।.
लण्डन । बेलायतस्थित गैरआवासीय नेपाली संघ (यूके)ले नेपालको समसामयिक राजनीतिबारे जानकारी दिन ‘जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गर्ने भएको छ।
गत भदाै २३ र २४ गते नेपालमा भएकाे जेन जी आन्दाेलनपछि बदलिएकाे राजनीतिक परिस्थिति र निकास गैरआवासीय नेपालीहरूकाे भुमिका बारे कार्यक्रममा छलफल हुने छ। कार्यक्रम आगामी १८ जनवरी २०२६ मा दिउँसो १ः३० बजे एल्डरशटस्थित एम्पायर बांक्विट हल (हाइस्ट्रिट, GU11 1DJ) मा सुरु हुनेछ।
गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले देशको भविष्य सुरक्षित गर्नु र राष्ट्रलाई सुदृढ बनाउनु नेपालमा बस्ने हाेस वा विदेशमा रहने सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो। उहाँका अनुसार, वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता र “राष्ट्र बचाऊ, राष्ट्र बनाऊ” Save the Nation Build the Nation अभियानलाई समर्थन गर्न समुदायलाई एकजुट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा बेलायतभरिका नेपाली समुदायको सहभागिता रहनेछ। साथै, बेलायती गोर्खाहरूले पुर्याएको ऐतिहासिक योगदानको सम्मान पनि गरिनेछ। कार्यक्रम संयोजक तथा उपाध्यक्ष तिर्थ बहादुर मल्ल (अनिल)का अनुसार, बेलायतमा रहेका Gen Z पुस्ताका अतिथि वक्ताहरूको सहभागिताले नयाँ पुस्तालाई सक्रिय रूपमा जोड्न मद्दत गर्नेछ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ अधिवक्ता तथा राजनीतिक टिप्पणीकार ध्रुवलाल श्रेष्ठ सहभागी हुनुहुनेछ। उहाँ भ्रष्टाचारविरुद्धको अभियान र न्यायिक प्रणालीको विश्लेषणका लागि परिचित हुनुहुन्छ।
अन्तरक्रिया कार्यक्रममा मुख्य रूपमा यी विषयमा छलफल हुनेछ:
-
वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता र सम्बन्धित कानुनी व्यवस्था
-
नेपालको वर्तमान अवस्था, जनसांख्यिक अवस्था र भूराजनीतिक स्थिति
-
विदेशमा रहेका नेपालीको मतदान अधिकार र एनआरएनएको पछिल्लो अपडेट
एनआरएनए यूकेले बेलायतमा रहेका सबै नेपाली समुदायका सदस्यलाई यस महत्वपूर्ण कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ। थप जानकारीका लागि संघका प्रवक्ता डा. कुल प्रसाद कंडेलसँग सम्पर्क गर्न सकिनेछ।






