नेकपा एमालेकाे अध्यक्षमा तेस्रो पटक ओली निर्वाचित, ७५ प्रतिशत मत

What To Know

  • काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १६६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ५६४ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।.
  • विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणनाअनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ ।.

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १६६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ५६४ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार त्यस्तै, उपाध्यक्षमा अरुण नेपाल ४४३९, गुरुप्रसाद बराल ११३७, गोकर्णराज विष्ट १३६८, टकंप्रसाद कार्की ३५८, पर्शुराममेघि गुरुङ्ग ४६१, पृथ्वी सुव्वा गुरुङ १७३७, भिमप्रसाद आचार्य २६५, रघुजी पन्त १२५८, रामबहादुर थापा बादल १५१६, विन्दा पाण्डे ९२१, विष्णुप्रसाद पौडेल १६७५ मत प्राप्त गर्नुभयो ।

सोहीअनुसार महासचिवमा शंकर पोख्रेल १२२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डे ९९९ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपमहासचिवमा आनन्दप्रसाद पोख्रेल ६३५, योगेश भट्टराइ १३४८, रघुवीर महासेठ १३६८, राजेन्द्रप्रसाद गौतम २७०, लेखराज भट्ट १४५२, विष्णुप्रसाद रिमाल १०९१ र वैजनाथ चौधरीले ५१७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल ७१६, इन्द्रलाल साप्कोटा ४०५, कर्णबहादुर थापा ८४७, कृष्णगोपाल श्रेष्ठ ६२५, खगराज अधिकारी १३३१, गोकुलप्रसाद बास्कोटा १०३०, छविलाल विश्वकर्मा १५०६, ठाकुरप्रसाद गैरे ८८३, पद्माकुमारी अर्याल १५३०, पुर्सोतम पौडेल ४६२, पेम्वा लामा ४९३, भानुभक्त ढकाल ११०८, महेश बस्नेत १५३४, यमलाल कडेल ११८५, रचना खड्का ८७७, राजन भट्टराइ ११८१, लालबाबु पण्डित ७९६, विनोदप्रसाद ढकाल ६८४, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७ मत प्राप्त गर्नुभएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणनाअनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *