What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंककाे आग्रह
What To Know
- काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले गतिशील बैंकिङ सेवा प्रवाहका क्रममा कर सम्बन्धी विवरण सही रूपमा समायोजन गर्न यी विवरण अद्यावधिक गर्न आवश्यक रहेको जनाएको छ।.
- बैंकले निक्षेपकर्ताको ब्याजभुक्तानीबाट कटाइने करलाई E-TDS रेकर्डमा राख्न प्यान अनिवार्य हुने उल्लेख गरेको छ। प्यान अद्यावधिक गरेपछि कर कट्टीको विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने भएकाले ग्राहकलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र लिन सहज हुने बैंकको भनाइ छ। यसले प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट पनि हटाउने बैंकले बताएको छ।.
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले गतिशील बैंकिङ सेवा प्रवाहका क्रममा कर सम्बन्धी विवरण सही रूपमा समायोजन गर्न यी विवरण अद्यावधिक गर्न आवश्यक रहेको जनाएको छ।
बैंकका अनुसार ग्राहकको खाताबाट कटाइने कर विवरण “आयकर ऐन २०५८” अनुसार प्यान प्रणालीमा अनिवार्य रूपमा समायोजन गर्नुपर्ने हुन्छ। यसका लागि ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com वा NIC ASIA MoBank मोबाइल एपमा रहेको “PAN Update” विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। चाहने ग्राहकले नजिकको शाखामा गएर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बैंकले निक्षेपकर्ताको ब्याजभुक्तानीबाट कटाइने करलाई E-TDS रेकर्डमा राख्न प्यान अनिवार्य हुने उल्लेख गरेको छ। प्यान अद्यावधिक गरेपछि कर कट्टीको विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने भएकाले ग्राहकलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र लिन सहज हुने बैंकको भनाइ छ। यसले प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट पनि हटाउने बैंकले बताएको छ।
तर, प्यान अद्यावधिक नगरिएकै कारण E-TDS मा कर दाखिला नहुँदा वा पछि समायोजन गर्नुपर्ने स्थितिमा बैंक जिम्मेवार नहुने स्पष्ट गरिएको छ।
बैंकले ग्राहकलाई खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकले भिडियो KYC (https://www.nicasiabank.com/video-kyc/
) वा MoBank एपको My Profile मा गएर Change Email छान्दै ईमेल अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालय मार्फत पनि ईमेल अद्यावधिक गर्न सकिन्छ।
यदि प्यान बुझाएपछि पनि कर विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको भए नजिकको शाखामा सम्पर्क गर्न वा ग्राहक सेवा केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा फोन गर्न बैंकले आग्रह गरेको छ।






