एन आई सी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा २० प्रतिशतसम्म छुट

What To Know

  • काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले अब काठमाडौंस्थित दृष्टि आई केयर सिष्टममा उपचार सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो।.
  • सम्झौता अनुसार बैंकका ग्राहकले दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवामा डिजिटल भुक्तानीमार्फत छुट उपयोग गर्न सक्नेछन्। हस्पिटलको ENT तथा सामान्य सेवा अन्तर्गत OPD मा २० प्रतिशत र Investigation सेवामा १० प्रतिशत छुट लागू हुनेछ।.

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले अब काठमाडौंस्थित दृष्टि आई केयर सिष्टममा उपचार सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो।

सम्झौता अनुसार बैंकका ग्राहकले दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवामा डिजिटल भुक्तानीमार्फत छुट उपयोग गर्न सक्नेछन्। हस्पिटलको ENT तथा सामान्य सेवा अन्तर्गत OPD मा २० प्रतिशत र Investigation सेवामा १० प्रतिशत छुट लागू हुनेछ।

त्यस्तै, आँखासम्बन्धी सेवामा OPD General मा २० प्रतिशत, Operation Charge, Surgery Package र Investigation मा ५ प्रतिशत, Laboratory सेवामा १० प्रतिशत र Optical Products मा ७.५ प्रतिशत छुट पाउन सकिन्छ।

छुट सुविधा लिन बैंकका ग्राहकले एन आई सी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। मोबैंक (MoBank) एपमार्फत गरिएको भुक्तानीमा पनि छुट लागू हुने बैंकले जनाएको छ।

बैंकका अनुसार यो सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा सहजता दिलाउने र देशमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न मद्दत गर्नेछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *