What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंककाे आग्रह
What To Know
- यससँगै बैंकले सबै ग्राहकलाई आफ्ना खातामा प्रयोग हुने ईमेल ठेगाना पनि अपडेट गर्न आग्रह गरेको छ। ईमेल भिडियो KYC पोर्टल वा MoBank एपको My Profile मा गएर बदल्न सकिन्छ। चाहेमा शाखामा गएर पनि अद्यावधिक गर्न सकिन्छ।.
- पहिले प्यान दिएको भए पनि कर विवरण नदेखिएको वा ईमेल अद्यावधिकमा समस्या आएमा ग्राहकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।.
काठमाडौं। एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकका अनुसार आयकर ऐन बमोजिम खाताबाट काटिने करको विवरण E-TDS प्रणालीमा मिलान गर्न प्यान अनिवार्य भएकाले सबै ग्राहकले यथाशीघ्र प्यान अपडेट गर्नुपर्नेछ।
ग्राहकले panupdate.nicasiabank.com वा NIC ASIA MoBank एपमार्फत “PAN Update” रोजेर प्यान अद्यावधिक गर्न सक्छन्। चाहेमा नजिकको शाखामा गएर पनि फारम भर्न सकिन्छ। प्यान अपडेट भएपछि ब्याजबाट काटिएको करको विवरण स्वचालित रूपमा प्रणालीमा देखिने भएकाले कर कट्टी प्रमाणपत्र लिन बैंक धाइरहनुपर्ने आवश्यकता हट्ने बैंकले जनाएको छ।
बैंकले प्यान नअपडेट हुँदा E-TDS मा कर दाखिला नहुने र पछि समायोजन गर्नुपर्ने स्थिति आएमा बैंक जिम्मेवार नहुने जानकारी पनि दिएको छ।
यससँगै बैंकले सबै ग्राहकलाई आफ्ना खातामा प्रयोग हुने ईमेल ठेगाना पनि अपडेट गर्न आग्रह गरेको छ। ईमेल भिडियो KYC पोर्टल वा MoBank एपको My Profile मा गएर बदल्न सकिन्छ। चाहेमा शाखामा गएर पनि अद्यावधिक गर्न सकिन्छ।
पहिले प्यान दिएको भए पनि कर विवरण नदेखिएको वा ईमेल अद्यावधिकमा समस्या आएमा ग्राहकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।






