एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभीमा विशेष छुट

What To Know

  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब सिजी नेट इन्टरनेट र आइपीटिभी सेवामा विशेष छुट सुविधा पाउने भएका छन्। यस सम्बन्धमा बैंक र सिजी कम्युनिकेसन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ।.
  • सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवामा यो छुट लागू हुनेछ। इन्टरनेटसँगै आइपीटिभी सेवा लिने नयाँ ग्राहकले पनि सोही रकम बराबरको छुट पाउनेछन्। त्यस्तै, हाल सेवा लिइरहेका ग्राहकले सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिना अतिरिक्त सुविधा पाउनेछन्।.

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब सिजी नेट इन्टरनेट र आइपीटिभी सेवामा विशेष छुट सुविधा पाउने भएका छन्। यस सम्बन्धमा बैंक र सिजी कम्युनिकेसन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ।

सम्झौताअनुसार, पहिलो पटक सिजी इन्टरनेट वा आइपीटिभी सेवा लिने बैंकका व्यक्तिगत ग्राहकले वार्षिक शुल्कमा २५०० रुपैयाँ छुट पाउनेछन्। संस्थागत रूपमा प्रयोग गर्ने ग्राहकले भने २० प्रतिशत छुट पाउनेछन्।

सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवामा यो छुट लागू हुनेछ। इन्टरनेटसँगै आइपीटिभी सेवा लिने नयाँ ग्राहकले पनि सोही रकम बराबरको छुट पाउनेछन्। त्यस्तै, हाल सेवा लिइरहेका ग्राहकले सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिना अतिरिक्त सुविधा पाउनेछन्।

छुट सुविधा लिनका लागि ग्राहकले सेवा सुरु गर्नु अघि सिजी कम्युनिकेसन्सको आधिकारिक नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। बैंकले यो सहकार्यले ग्राहकलाई इन्टरनेट प्रयोगमा राहत दिलाउनुका साथै मुलुकको डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *