बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई १८औं गभर्नरका रूपमा नियुक्त गरेकाे हाे ।
गभर्नर नियुक्ति ढिलिँदा सरकारभित्रै तनाव बढेको चर्चा चलिरहेको बेला पौडेलको नियुक्तिसँगै सत्ता संकटको सम्भावना पनि टरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो।
ती सूचीमा प्रा.डा. पौडेलसँगै कार्यबाहक गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम पनि थियो।
तीमध्ये सूचीको पहिलो स्थानमा रहेका प्रा.डा. पौडेललाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गरेको हो।