बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

शिक्षक आन्दोलन : २५ तस्विरमा हेर्नुस् शिक्षकहरूको धर्ना
काठमाडौं । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका विभिन्न सम्झौता कार्यान्वयनको माग राख्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन १६औं दिन पनि जारी रह्याे। देशका विभिन्न भागबाट आएका शिक्षकहरू काठमाडौंकोमा प्रदर्शनरत छन्।
शिक्षकहरूको मागमा पूराना सम्झौता कार्यान्वयन, पेशागत सुरक्षाको सुनिश्चितता, तलब भत्ता पुनरावलोकन, र शैक्षिक संरचना सुधार जस्ता विषयहरू मुख्य छन्। आन्दोलनमा सहभागी शिक्षकहरूले प्लेकार्ड, ब्यानर र नारासहित सडकमा आवाज उठाइरहेका छन्।
शिक्षकहरूका अनुसार, आन्दोलन शान्तिपूर्ण तर प्रभावकारी ढंगले अघि बढाइँदै आएको छ। उनीहरू नियमित रूपमा धर्ना, र्याली, र सांकेतिक प्रदर्शनमार्फत आफ्नो आवाज बुलन्द गरिरहेका छन्।
शिक्षा क्षेत्रको मेरुदण्ड मानिने शिक्षकहरू यतिबेला खुला आकाशमुनि आन्दोलनरत छन् । यस आन्दोलनको असर देशभरिका विद्यालयहरूमा पर्न थालेको देखिन्छ। जसले सरकारलाई गम्भीर रुपमा सोच्न बाध्य बनाउनु पर्ने हाे। तर शिक्षकहरूकाे याे आन्दाेलनलाई खासै वास्ता गरिरहेकाे छैन । सकेसम्म थकाएर गलाएर शिक्षकहरूलाई फकाई फुलाई घर फर्काउने ध्याउन्नमा सरकार छ ।
सरकारले वार्ताको तयारी देखाए पनि शिक्षकहरू स्पष्ट कार्ययोजना बिना आन्दोलन नरोकिने अडानमा छन्। सरकार र शिक्षक दुबैकाे आआफ्नै अडानका कारण कुनै निकास निस्किन सकेकाे छैन । शिक्षक महासंघकाे बिहीबार साँझ बसेकाे बैठकले आन्दाेलनलाई निरन्तरता दिने निर्णय गरेकाे छ ।
धर्नामा बसेका आन्दोलनरत शिक्षकहरूको अनुहारमा देखिएको सङ्घर्ष र आशाको झलक देखिन्छ ।