‘सही समयमा दिने सही सूचनाले नागरिकको ज्यान बचाउँछ’

काठमाडौँ । मौसम, जलवायु परिवर्तन तथा विपद्सम्बन्धी सूचना समुदायस्तरसम्म प्रभावकारी रुपमा सम्प्रेषण गर्न सके जनधनको क्षति रोक्न सकिनेमा सरोकारवाला निकायका अधिकारीहरुले धारणा व्यक्त गर्नुभएको छ ।

आज यहाँ मौसम, जलवायु, र विपद्का सूचना कसरी आममानिसमा पु¥याउने र सूचनाको सञ्चारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आयोजित कार्यक्रममा उहाँहरुले सही सूचना समयमै पु¥याउन सक्नुपर्नेमा जोड दिनुभयो ।

बिबिसी मिडिया एक्सनको आयोजनमा भएको उक्त छलफलमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले जलवायु परिवर्तनलगायतका कारणले सूचनाको महत्व बढेको र सूचना प्रवाहमा थप चुनौती खडा भएको बताउनुभयो । सूचनाको सत्यता शतप्रतिशत नहुनेमा जोड दिँदै उहाँले विभागले सकेसम्म सही सूचना दिने प्रयास जारी राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय अवस्थामा दिन खोजेको एउटा तर लिनेले अर्काे तरिकाले ग्रहण गर्दा सूचना अर्कै अर्थमा प्रवाह हुने गरेको छ । मिडियालगायतले सूचना प्रवाह गर्दा अधिकारिकता र बुझेर तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्छ ।”

उहाँले विभागले अहिले तीन दिनको मौसमसम्बन्धी जानकारी प्रदेशगत रुपमा दिइरहेको र जिल्लागत रुपमा दिन थालिए पनि अझै प्रभावकारी गराउन नसकिएको बताउँदै सूचना प्रवाहलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जनचेतना बढाउन सके र समयमै सही सूचना प्रवाह गर्न सके नागरिकको जीउज्यान बचाउन सकिनेमा जोड दिँदै अब त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको औँल्याउनुभयो ।

उहाँले सूचना प्रवाहमा पहिले फड्केबाट झोलुङ्गेपुलको अवस्थामा आइपुगेको र अब विपद्ले केही गर्न नसक्ने पक्की पुलको अवस्थामा पुग्नुपर्नै आवश्यकता रहेको जानकारी गराउनुभयो । यसका लागि सञ्चारका सबै माध्यमका साथै भाषा क्षेत्र, लिङ्ग जाति र समुदायको आवश्यकताका आधारमा र गीत सङ्गीत एवं चर्चित व्यक्तिमार्फत सूचना प्रवाहमा जोड दिन थालिएको बताउनुभयो ।

बिबिसी मिडिया एक्सनका देशीय निर्देशक शोभना गुरुङले वर्तमान समयमा विपद्, जलवायु परिवर्तन र मौसमका सूचना प्रभावकारी सम्प्रेषणको खाँचो रहेकाले त्यसलाई कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम अघि बढाएको छ । उहाँले नेपाल बङ्गलादेश र केन्यामा उक्त कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले अहिले मनसुनका समयमा नेपालमा उपयुक्त छलफल भएको स्मरण गर्नुहुँदै भरपर्दाे सूचना प्रवाह विपद् व्यवस्थापनको महत्वपूर्ण आधार भएको औँल्याउनुभयो ।

त्यस अवसरमा दुई वटा सत्रमा विषय विज्ञको सहभागितामा जलवायु, मौसमका विपद् सूचना प्रवाह र व्यवस्थापनका विषयमा छलफल भएको थियो । समूहगत छलफलले विपद्को प्रभावकारी सूचना व्यवस्थापन, पूर्वसूचना पूणाली र सही सूचना प्रवाहमा विषयगत संघसंस्थाको भूमिका महत्वपूर्ण रहने निष्कर्ष निकालिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *