What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ ।
यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।






