What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो।
‘प्रधानमन्त्रीले गलेर छाड्ने कुरा भएन, गणित सो गर्न जाने, संसद् फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनुभएको छ,’ माओवादी सचिव देवेन्द्र पौडेलले भने।
विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ।