आगामी वर्षको बजेट १८ खर्ब ६० अर्ब (पूर्ण पाठ)

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

यो चालू आर्थिक वर्षका तुलनामा करीब ६ प्रतिशतले धेरै हो। आगामी वर्ष खर्च हुने प्रस्ताव गरिएको रकममध्ये चालू खर्चका लागि ११ खर्ब ४९ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ।

त्यस्तै, पूँजीगत खर्चका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १८.९४ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ छुट्याइएको छ।

आगामी वर्ष १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ। त्यसैगरी, ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान आउने अनुमान गरिएको छ।

राजस्व र अनुदानबाट प्राप्त रकमले अपुग हुने पाँच खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ आन्तरिक र बाह्य ऋण लिने प्रस्ताव गरिएको छ। यसमध्ये दुई खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ विदेशी ऋण र तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण हुनेछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *