What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रिमियर कपमा हङकङविरूद्ध नेपाल आठ विकेटले विजयी
काठमाडाैं । एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ।
जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि कप्तान इन्दू बर्माले ४० रनको योगदान दिइन्। उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन्।
यस्तै, सीता रानामगरले अविजित ३६ रन बनाइन्। उनले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरिन्। कविता कुँवरले चार रन जोडिन्।
हङकङका लागि इक्रा सहर र चान का यिङ क्यारीले एक एक विकेट लिए।
मलेशियाको सेलांगुर टर्फ क्लबमा हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो। हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन्। उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन्।
यस्तै, मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ र नताशा माइल्सले ११ रन बनाए। बलिङतर्फ नेपालका पूजा महतो र रुबिना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिए।