What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बानेश्वर चाेकको सडकमा भासियो यात्रुवाहक बस
What To Know
- काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.
- काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो । एउटा अन्तर्राष्ट्रिय सम्मेलनका बेला याे सडक रातारात तयार पारिएकाे थियाे ।.
काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार सडकमुनि खाल्डो वा ढल भएकाले पछाडिको एउटा चक्का भासिएको हो।
सर्भिस लेनतर्फको सडकमा बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । सबै यात्रु सकुशल छन् ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो । एउटा अन्तर्राष्ट्रिय सम्मेलनका बेला याे सडक रातारात तयार पारिएकाे थियाे ।
यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडि ठ्याक्कै क्याम्पस गेटनिरको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।






