नेकपा प्रदेश १ काे प्रमुख सचेतकमा राजभण्डारी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ ।

संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक हुनुहुन्थ्यो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *