काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
आम जनताको चाहाना !
हरि पूर्व निरौला, ईलाम
देश कुनै एउटा भौगोलिक क्षेत्रबाट बन्दित जमिनको भाग अर्थात् अन्तर्राष्ट्रिय मान्यता प्राप्त भौगोलिक स्थान । विश्वासमा यस्ता भौगोलिक स्थान निकै छन् त्यो मध्ये नेपाल पनि एक हो। नेपाल एउटा यस्तो भौगोलिक स्तिथि भएको देश हो की जहाँ प्रकृति आफै आरिस गर्छिन् यहाँको सुन्दरता देखेर, सबैले चन्द्रमाको उदहारण दिन्छन् तर चन्द्रमा आफै आरिस गरिरहन्छिन हाम्रो देशलाई हेरेर, अनि हाम्रो प्राकृतिक सुन्दरताको त कुरै छोडौं।
यस्तो हराभरा मुलुक संसारमै कहीं कतै विरलै होलान् तर हाम्रो देश यति सुन्दर भैकन पनि कुनै न कुनै कुराले गर्दा पछाडि नै परी रहेको छ। जब कुनै समय थियो त्यो बेला नेपाल हाम्रा पुर्खाको बहादुरीले विश्व सामु चिनिने गर्थ्यो, समयको चक्रसगै देश विभिन्न कुराबाट पिछडिदैं एकदम नाजुक अवस्थामा आइपुगेको छ।
एकतर्फ हरियो वन नेपालको धन सखाप हुँदै छ । कैले डढेलो कैले प्राकृतिक प्रकोप अनि अव्यवस्तित जंगल फडानीले गर्दा नेपाल को रूप नै कुरुप हुँदै गएको छ अर्को तर्फ बढदो सहरीकरण अनि अव्यवस्तित बसोबास।
यी र यस्ता समस्याहरु त विरलै छन् तर सबैलाई मध्यनजर गर्दै मैले आफ्नो अध्यायन त दिमागले भ्याए सम्म १२वटा बुँदामा केही सुझाव तयार गरेको छु विस्तृतमा पढौं।
१. गुणस्तरीय शिक्षा जसको लागि कोही विदेश जानु नपरोस् आफ्नै देशमा युनिभर्सल सर्टिफिकेट पाइने शिक्षाको विकास होस्। सबै क्षेत्रको प्रतिनिधित्व गर्न सक्ने शिक्षाको अवधारणा लागू होस्।
२. गुणस्तरीय स्वास्थ्य सेवा जस्तै सानु आगोको झिल्कोले पोल्दा पनि विदेश जानु पर्ने अवस्था छ देशको त्यसको। अन्त्यको लागि देशमा विद्यमान अस्पतालको उचित व्यवस्थापन गरी उपकरण तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन।
३.स्वच्छ पिउने पानीको देशव्यापी रूपमा दीर्घकालीन योजना विस्तार तथा नेपाली मिनिरल वाटरलाई ब्रान्डिङ् गरेर विदेश निर्यातको उचित योजना कार्यान्वयन।
४.श्रमको उचित मूल्यांकन गरी देशमा रोजगार जनसमुदायलाई जिविकोपार्जनमा सहयोग हुने प्रभावकारी कार्यक्रमहरूको आयोजना तथा युवा स्वरोजगार कार्यक्रमको योजनाबद्ध रूपमा विकस र निरीक्षण तथा लेखापरीक्षण गरी त्रुटिहरूको उचित रुपमा समाधान गर्ने र निरंतर अनुगमन गर्ने।
५.स्थानीय स्रोत र साधनको उपयोग गर्दै देशकोको सर्वाङ्गीण विकास हुने तथा बेरोजगरीको अन्त्य हुनेखालको योजना तर्जुमा गरी ७ वटै प्रान्तमा विकाशको मूल फुटाउने
६.कृषि उपचको उचित मूल्यांकन गरी क्षेत्र अनुसारको दक्ष जनशक्ति निर्माण गरी देशका विभिन्न ठाउँमा प्रयोगशालाको निर्माण गरी कृषि क्रांतिको तिब्र विकास मौसम अनुकुल बीउको उत्पाद तथा बालीको अवधारणा। विदेशी कृषिआयातको कटौती तथा उचित मलखादको व्यवस्था । १२ महिना मौसमअनुसारको सब्जी तथा फलफूलको उत्पादन तथा प्रशोधन केन्द्रको स्थापना गरी विदेश निर्यातको उचित योजना कार्यान्वयन।
७. पर्यटन प्रबर्धनका लागि उचित पूर्वाधारको विकास गरी देशको विभिन्न परम्परागत रैथाने खाना तथा भेषभुषाको ठाउँ अनुसारको संस्कृति झल्किने पार्क तथा मिउजियम अनि आवास गृहको सातवटै प्रान्तमा निर्माण तथा प्रबर्धन। देशमा रहेका सम्भावनाहरुको अवलाकोन तथा व्यापक प्रचार प्रसार गरी विश्वसामु उजागर गर्ने।
८.देशका सबै नागरिकको सम्पति विवरण छानबिन गरी उचित डिजिटल प्रणालीको विकास तथा भ्रष्टाचार निर्मूल गर्न विभिन्न संयन्त्रको विकास । पूरानो नोट बन्द गरी नयाँ डिजिटल करेन्सीको विकासमा सल्लाह तथा परामर्श गरी विकास तथा निकासको बाटोमा अगाडि बढ्ने अजेन्डा तयार गर्ने।
९. देशमा सञ्चालित विदेशी आईएनजीओ तथा अन्य विदेशी तथा स्वदेशी कम्पनीको विवरण संकलन गरी करको दायरामा ल्याउन कार्ययोजना तयार गरी काम अगाडि बढाउने तथा पटक पटक अनुगमन गर्ने।
१०.साइबर क्राइम तथा डिजिटल चरित्र हत्या जस्ता अति गम्भीर केशहरु ७२ घण्टा भित्र छिनो फानो गरी दोषी ऊपर कडा कारवाही गरी पुनः त्यस्ता क्रियाकलाप नदोहोरिने गरी जागरूकताका साथ काम गर्ने वातावरणको निर्माण गर्ने।
११. वातावरणको संरक्षण वृक्षारोपण तथा पुराना गाडी,फोहोर मैला तथा कवाडको उचित व्यवस्थापन गरी भविष्यमा हुन सक्ने जोखिम कम गर्न विभिन्न संयन्त्रको विकास तथा कार्यान्वयन गर्ने।
१२.प्रशासनिक संरचना को परिवर्तन गरी जनमुखी सेवा प्रवाह गर्दै साधारण जनमानसमा सुरक्षाको प्रत्याभूति दिलाउने।
यी १२ सुझाबहरु सामान्य लाग्न सक्छ तर असल रूपमा कार्यान्वयनमा ल्याउन सके देशले विकासमा ठूलै फडको मार्ने पक्का छ।