What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजदेखि सुरू भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकलाई अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नाका साथै राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने महासचिव शंकर पोखरेलले बैठकमा छलफल हुने विषयहरू प्रस्तुत गरे ।
ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा चुनावअघि र पछिका घटनाक्रमको समीक्षा गर्दै माओवादी केन्द्रको राजनीतिक बेइमानी, अस्थिरता र अवसरबादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको उल्लेख छ।
यही वैशाख ३० गतेसम्म चल्ने बैठकमा भोलिदेखि गत २०७९ भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटीको बैठकयता सचिवालय बैठकले गरेका निर्णयको जानकारी गराउनाका साथै विभिन्न प्रतिवेदन पेश गर्ने छलफल गर्ने कार्यक्रम अघि बढ्ने छ ।
हेर्नुहोस् पूर्ण पाठ