नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपालले जित्यो त्रिदेशीय कपको उपाधि
काठमाडाैं । लाओसलाई पराजित गर्दै नेपालले प्रधानमन्त्री त्रिदेशीय कपको उपाधि जितेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार साँझ भएको फाइनल खेलमा नेपालले लाओसलाई २-१ गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि आयुष घलान र मनीष डाँगीले गोल गरेका हुन्।
प्रतिस्पर्धात्मक खेलमा लाओसले शुरूआती अग्रता लिएको थियो। खेलको १७औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गरेका थिए।
लाओसको अग्रता धेरै समय टिकेन। खेलको २४औं मिनेटमा नेपालका लागि आयुष घलानले बराबरी गोल गरे। त्यसपछि पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो।
दोस्रो हाफको अन्तिम समयतिर नेपालका लागि मनीष डाँगीले ८७औं मिनेटमा गोल थपे। उनको गोलसँगै नेपालले त्रिदेशीय कपको उपाधि जितेको हो।
प्रतियोगितामा तीन देश सहभागी थिए। भुटान समूह चरणबाटै बाहिरिएको थियो भने नेपाल र लाओस फाइलनमा पुगेका थिए।