नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

अयोग्य लडाकुलाई २ लाख उपलब्ध गराउने सरकारको निर्णय
काठमाडौँ । सरकारले अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी गराए ।
गृहले कार्यविधि बनाएर लागू कार्यान्वयनमा ल्याइने बताइएको छ । रकम बारे भने प्रस्ताव गरिएको तर फेरबदल हुन सक्ने बताइएको छ । आजको बैठकले पाँच जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।