यी हुन् रास्वपाका १६ जना नयाँ केन्द्रीय सदस्य

What To Know

  • रास्वपाको केन्द्रीय समितिमा मनोनीत हुनेहरूमा ज्वाला संग्रौला, रमेश प्रसाईं, बिन्दबासिनी कंसाकारलगायत रहेका छन् । ज्वाला संग्रौलाले आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएकी छिन् भने रमेश प्रसाईंले ग्यालेक्सी-४ के टेलिभिजनमा ‘लालमोहर’ नामक कार्यक्रम चलाउँथे । बिन्दबासिनी भने एसिड आक्रमणमा परेकी व्यक्ति हुन् । उनलाई रास्वपाले समानुपातिकतर्फको सूचीमा समेत राखेको थियो ।.

काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो।

१६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ। यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए। रास्वपाले अहिले केन्द्रीय सदस्य नभएका तर सांसद रहेकाहरूलाई भने केन्द्रीय समितिमा ल्याएको छैन।

रास्वपाको केन्द्रीय समितिमा मनोनीत हुनेहरूमा ज्वाला संग्रौला, रमेश प्रसाईं, बिन्दबासिनी कंसाकारलगायत रहेका छन् । ज्वाला संग्रौलाले आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएकी छिन् भने रमेश प्रसाईंले ग्यालेक्सी-४ के टेलिभिजनमा ‘लालमोहर’ नामक कार्यक्रम चलाउँथे । बिन्दबासिनी भने एसिड आक्रमणमा परेकी व्यक्ति हुन् । उनलाई रास्वपाले समानुपातिकतर्फको सूचीमा समेत राखेको थियो ।

त्यस्तै केन्द्रीय सदस्यमा मनोनीत अर्की सदस्य प्रतिभा रावल ग्यालेक्सी-४ केमा कार्यक्रम निर्माताका रूपमा कार्यरत थिइन् । त्यस्तै मेघ आले पर्यटन व्यवसायी हुन् ।

त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार, प्रवासी नेपाली सम्पर्क, प्रशिक्षण , संगठन, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्तालगायतका २२ वटा विभाग निर्माण गरी प्रमुख तोकेको छ ।

केन्द्रीय समितिमा मनोनीत हुनेहरू

निशा मेहता
बिन्दबासिनी कंसाकार
रुपा शंकर
विजय जैरु
मेघ आले
मोहनबहादुर थापा,
खुस्बु सरकार श्रेष्ठ
टीका संग्रौला
हरि भट्ट
ध्रुव गिरी
लिमा अधिकारी
रमेश प्रसाईं
अर्जुन अधिकारी
क्रान्तिशिखा धिताल
प्रतिभा रावल
गोमा क्षेत्री

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *