काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता…
सुनको भाउ सात महिनायताकै उच्च, ताेलाकाे भाउ १ लाख नजिक !
काठमाडाैं । सुनको भाउ बढेर सात महिना यताकै उच्च मूल्यमा पुगेको छ। गत बैशाखमा १ लाख २ सय रुपैयाँमा काराेबार भएकाे सुनको भाउ अहिले पुनः १ लाख रुपैयाँ नजिक पुगेको छ।
सोमबार छापावाला सुनको भाउ प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुगेको छ। आइतबार ९९ हजार ५०० रुपैयाँ रहेको सुनको भाउ सोमबार तोलामा ४०० रुपैयाँले बढेको हो।
अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ ५ महिना यताकै उच्च छ। सोमबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १८०० डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ लगातार बढ्दै गएको छ।
डलरको भाउ घटेका कारण सुनको भाउमा लगातार बढ्दो क्रममा देखिएको हो। नेपालमा अन्तराष्ट्रिय बजारको अनुसार नै सुनको भाउ निर्धारण गरिने हुँदा अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि त्यसको असर देखिएको हो।
मंसिर लागे यता बजारमा सुनको माग बढेको छ। विवाहको सिजनमा सुनको माग ह्वातै बढ्ने गर्छ जसले गर्दा मंसिरमा भाउ महंगिए पनि सुनको माग भने निकै रहेको व्यवसायीहरु बताउँछन्।