काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
गाउँपालिकाका पूर्व अध्यक्षले विवाह गरेर श्रीमती अस्वीकार गरेपछि…
काठमाडौं। भोजपुर षडानन्द नगरपालिका–३ की हिमालय राईले साल्पासिलिछो गाउँपालिकाका पूर्व अध्यक्ष महेश राईले विवाह गरेर आफूलाई श्रीमती अस्वीकार गरेको बताएकी छिन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर राईले राज्य पनि आफूमाथि लागेको आरोप लगाइन् ।
हिमालयको अनुसार महेश राईसँग उनको विवाह २०७८ मंसिर १३ गते आफन्तको उपस्थितिमा सामाजिक परम्पराअनुसार भएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै हिमालय राईले आफूविरुद्ध राज्यले असहयोग गरेको टिप्पणी गरिन् । उनले विवाह भएको यथेष्ट प्रमाण हुँदाहुँदै पनि प्रहरीले प्रमाण नपुगेको भनेर मुद्दा अघि नबढाएकोमा आपक्ति जनाइन् ।
विवाह गरेको प्रमाणित गर्न नसकेकोले कानुनी प्रक्रियामा जान नसकेको उनको भनाइ छ । महेशले नेपाली कांग्रेस केन्द्रीय सदस्य माया राईसँग दोस्रो विवाह गरी आफू माथि अन्याय गरेको आरोप लगाइन् ।
धेरै लामो मेहेनतपछि पाटन उच्च अदालतमा न्यायको लागि निवेदन दिएको सुनाउँदै अदालतले परमादेश जारी गरेपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको बताइन् ।
उनले भनिन्, ‘बयानको आधारमा सरकारी वकिल र प्रहरी मिलेर पीडकलाई गत कात्तिक २० गते पक्राउ गरेको जस्तो गरेर एकदिन मात्र थुनेर जेलमुक्त गरियो । यसमा हाम्रो आपत्ति हो । हामीसँग विवाहको सबै प्रमाण छ । प्रहरीलाई कानुन अनुसार मुद्दा अघि बढ्ने र पीडकलाई छाडिदिनु भनेर चिठ्ठी आएपछि तुरुन्तै उहाँलाई छाडियो तर पछि मुद्दा अघि नबढ्ने भनियो ।’
मंसिर १ गते सरकारी वकिलले यथेष्ट प्रमाण नपुगेकोले यो मुद्दा अघि नबढ्ने जानकारी पाएपछि हिमालयन राई झनै विक्षिप्त बनिन् । आफूसँग विवाह पृष्टि हुने येथेष्ट प्रमाण रहेको दाबी गरिन् । हिमालयले आफूलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरिन् ।
हिमालयले ०७८ मंसिर १३ विवाह भएको र काठमाडौंको बुढानिलकण्ठ–१० कपनमा आफूलाई भित्राइएको सुनाइन् ।
विवाहको भोलिपल्ट १४ गते सुस्मा राई, योगेन्द्र राई, सुयोङमी रार्ई, सुनिता लोप्चन, महेश राई, सन्जय भन्ने सरोज राईसहित ७ जना साथी र आफन्तसँग नगरकोट घुम्न गएको भन्दै होटलमा बस्दा खिचेको भिडियो अहिले पनि ब्लगमा सुरक्षित रहेको बताइन् ।
कांग्रेसका नेता तथा गाउँपालिकाका तत्कालिन अध्यक्ष श्रीमान महेशसँगै वैवाहिक कार्यक्रम पछि कांग्रेसको महाधिवेशनका लागि विराटनगर, इटहरीका विभिन्न होटलमा बसेर काठमाडौंसँगै फर्किएको सुनाइन् ।
काठमाडौं फर्किएलगत्तै काठमाडौंमा महेशको स्व.जेठी श्रीमती सरस्वती राईको छोरी श्रेया राईसँगै बस्दै आएको र सोही क्रममा ०७८ फागनु १६ गते घरमा काम गर्ने बहिनीको साथमा कामको लागि बाहिर गएर फर्किदा गेट भित्रबाट बन्द भएको सुनाइन् । घरभित्र फोन गर्दा महेष राईले भित्र पस्न नदिनु भनेकोले गेट बन्द गरिएको जवाफ आएसँगै आफू प्रहरी वृत्त बौद्ध पुगेको बताइन् ।
विवाह गराउने (कुटुनी) मालती राईले हिमालय राईको विवाहको साक्षी आफू नै भएको बताइन् । महेशले नै मन पराएर विवाह भएको उनको भनाइ छ । उनले भनिन्, ‘महेशको जेठी श्रीमतीको मृत्यु भएको ६ महिनापछि विवाहको कुरा आयो र हामी अघि बढ्यौ । महेश दाईले मेरो श्रीमानसँग विवाह गर्ने कुरा गर्नुभएको रहेछ । बहिनीलाई देखाइयो र उहाँले पनि मन पराएपछि विवाह भएको हो ।’