नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एक हजार ६६७ सङ्क्रमित, २५१ सङ्क्रमणमुक्त, ११ को मृत्यु
काठमाडौं। नेपालमा कोरोनाभाइरसका एक हजार ६६७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६६७ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । हाल आठ हजार ६५९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६९३ जनाको एन्टीजेन परीक्षण गरेकोमा ६९ जनामा पोजिटिभ पाइएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७५ हजार ८०६ जना सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमित निको हुने दर ९५.९ प्रतिशत पुगेको हो ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । २४ घण्टाभित्र ११ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले तीन हजार १०२ जनाले ज्यान गुमाएका छन् ।
हाल ९२ जना क्वारेन्टिनमा छन् ।