नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेकपा प्रचण्ड–माधव पक्षले भोलि आमहड्ताल गर्ने
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले भोलि आमहड्ताल गर्ने भएको छ । पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले आज साँझ देशभर मसाल जुलुस र भोलि देशब्यापी आमहड्ताल गर्ने निर्णय गरेको हो ।
आकस्मिकरूपमा डाकिएको बैठकले संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने भन्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिनुभयो । ०००