What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भीम रावलमाथि ३० लाख अपचलनकाे आराेप
What To Know
- काठमाडौं । नेकपा केपी ओली पक्षले भीम रावललाई कारबाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ। सो समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बुधबार बसेको बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै रावललाई कारबाहीको सिफारिस गरेको हो।.
- लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा गर्ने सभालाई सफल पार्ने निर्णय पनि गरेको छ।.
काठमाडौं । नेकपा केपी ओली पक्षले भीम रावललाई कारबाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ। सो समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बुधबार बसेको बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै रावललाई कारबाहीको सिफारिस गरेको हो।
रावल प्रदेश इञ्चार्जसमेत हुन्। उनी अहिले नेकपाको प्रचण्ड–नेपाल पक्षमा छन्।
त्यस्तै, सो समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको सूर्य थापाले जनाएका छन्।
लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा गर्ने सभालाई सफल पार्ने निर्णय पनि गरेको छ।
‘पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्नु हुने भएकोमा उक्त कार्यक्रमलाई सानदार रूपमा सफल पार्न योजनावद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन्।






