काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सुनको भाउ फेरि बढ्याे, ताेलाकाे कति ?
काठमाडौं । शुक्रबार सुन तथा चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारदेखि बिहीबारसम्म चार हजार १०० रुपैयाँले घटेको सुन र चाँदीको मूल्य शुक्रबार बढेको हो। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ। पछिल्लो तीन दिन चाँदी २०० रुपैयाँले घटेर एक हजार १२० रुपैयाँमा झरेको थियो।