प्रसिद्ध विकास लेखन सम्मान डा. मानबहादुर विश्वकर्मालाई प्रदान गरिने

What To Know

  • विश्वकर्माका करिब एक दर्जन कृति समावेशी विकास सवालमा केन्द्रित छन् भने थप एक दर्जनजति कृति व्यवस्थापनसम्बद्ध कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लेखिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा समेत उहाँका थुप्रै लेखहरू प्रकाशित छन् । हाल उहाँ बागमती प्रदेश सरकारका प्रमुख सचिव हुनुहुन्छ । सम्मानपत्रसहित १० हजार रुपैयाँ राशिको उक्त सम्मान प्राप्त गर्ने उहाँ तेस्रो व्यक्ति हुनुहुन्छ । यसअघि २०७५ सालमा सहप्राध्यापक गम्भीरबहादुर हाडा र २०७६ सालमा द्वन्द्वविद् डा.
  • नेपालमा सहभागीमूलक विकास पद्धति प्रवद्र्धनमा नेपानले विगत २६ वर्षदेखि तालिम, गोष्ठी, अनुसन्धान, प्रकाशन, नीति परिवर्तनका लागि पैरवी, नेटवर्किङ, स्रोतकेन्द्र व्यवस्थापनजस्ता कार्यहरू आफ्ना सदस्यहरूमार्फत् स्वयमसेवी तवरबाट गर्दै आएको छ । सदस्यहरूकै योगदानबाट कोटेश्वर क्षेत्रमा ‘नेपान–घर’ समेत बनिसकेको छ । सहभागीमूलक पद्धति प्रवद्र्धन गर्ने सञ्जालीकृत संस्थाको रूपमा नेपानलाई नेपालमा मात्र होइन विश्वकै एक अग्रणी संस्था मानिन्छ । ‘सहभागिता’ नामक नेपाली विकास म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक अङ्ग्रेजी जर्नल पनि यस संस्थाबाट नियमितरूपमा प्रकाशन हुँदै आएका छन् । —.

चन्द्रबहादुर सर्तुङ्गे
काठमाडौं । नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका लेखक डा. मानबहादुर विश्वकर्मा (पाल्पा) लाई २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ ।

डा. विश्वकर्माका करिब एक दर्जन कृति समावेशी विकास सवालमा केन्द्रित छन् भने थप एक दर्जनजति कृति व्यवस्थापनसम्बद्ध कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लेखिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा समेत उहाँका थुप्रै लेखहरू प्रकाशित छन् । हाल उहाँ बागमती प्रदेश सरकारका प्रमुख सचिव हुनुहुन्छ । सम्मानपत्रसहित १० हजार रुपैयाँ राशिको उक्त सम्मान प्राप्त गर्ने उहाँ तेस्रो व्यक्ति हुनुहुन्छ । यसअघि २०७५ सालमा सहप्राध्यापक गम्भीरबहादुर हाडा र २०७६ सालमा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीले यो सम्मान प्राप्त गरिसक्नु भएको छ ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) का निवर्तमान अध्यक्ष चेतनाथ कणेलले आफ्नो स्व. सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोको ब्याजबाट २०७५ देखि हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाई पुस्तक प्रकाशन गरेका व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी भएको कुरा नेपानका अध्यक्ष झविन्द्र भण्डारीले बताउनुभयो ।

नेपानको २६ औं वार्षिक साधारणसभाका अवसरमा आउँदो असोज ३ गते शनिवार एक समारोहबीच उक्त सम्मान अर्पण गरिने कुरा नेपानले जनाएको छ । नेपान सञ्जालमा हाल सातै प्रदेशका करिब ३०० जना विकासकर्मीहरू सदस्य रहेका छन् ।

नेपालमा सहभागीमूलक विकास पद्धति प्रवद्र्धनमा नेपानले विगत २६ वर्षदेखि तालिम, गोष्ठी, अनुसन्धान, प्रकाशन, नीति परिवर्तनका लागि पैरवी, नेटवर्किङ, स्रोतकेन्द्र व्यवस्थापनजस्ता कार्यहरू आफ्ना सदस्यहरूमार्फत् स्वयमसेवी तवरबाट गर्दै आएको छ । सदस्यहरूकै योगदानबाट कोटेश्वर क्षेत्रमा ‘नेपान–घर’ समेत बनिसकेको छ । सहभागीमूलक पद्धति प्रवद्र्धन गर्ने सञ्जालीकृत संस्थाको रूपमा नेपानलाई नेपालमा मात्र होइन विश्वकै एक अग्रणी संस्था मानिन्छ । ‘सहभागिता’ नामक नेपाली विकास म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक अङ्ग्रेजी जर्नल पनि यस संस्थाबाट नियमितरूपमा प्रकाशन हुँदै आएका छन् । —

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *