हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
साउन महिनाको अन्तिम सोमबार
काठमाडौँ । साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा भक्तजनहरुले पूजाआजा गरेका छन् ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त पनि गरेका छन् । काठमाडौंको पशुपतिमा पूजाआजाका लागि भक्तजनहरु पुगेका थिए । यस बर्ष कोरोना महामारीका कारण पशुपतिको ढोका बन्द भएका कारण भक्तजनहरुले ढोका बाहिरबाटै पूजाआजा गरेका थिए ।
साउन महिनाको सोमबार शिव पूजनका लागि पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।