What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा सङ्क्रमण
What To Know
- बीरगञ्ज । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको रिर्पोट अनुसार पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका मेयर सहित पर्सामा थप ५५ जनामा कोरोना पुष्टि भएको छ ।.
- थपिएका नयाँ सङ्क्रमितहरुमा बहुदरमाई नगरपालिकाका मेयरसहित २५ जनामा, नारायणी अस्पतालको प्रयोगशालाका एक कर्मचारी, नेपाली सेनामा एक जवानमा कोरोना सङ्क्रमण देखिएको हो । त्यस्तैगरी पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका दुई जना, वीरगञ्ज आदर्शनगरका छजना, श्रीपुरका चारजना, मुर्लीका दुईजना, नगवाका चारजना, रेशमकोठी र विर्ताका एक एकजना रहेका छन् ।.
बीरगञ्ज । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको रिर्पोट अनुसार पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका मेयर सहित पर्सामा थप ५५ जनामा कोरोना पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार साउन २१ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा परीक्षणका लागि स्वाब दिएका बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह सहित थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
थपिएका नयाँ सङ्क्रमितहरुमा आठजना महिलासहित थप ५५ जना पुरुष रहेका छन् जसमा पैसा तिरेर पिसिआर परीक्षण गरिएका १३ जनामा र मास टेस्टिङ्गका लागि लिइएको स्बाव ,कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलित स्बावको परीक्षण रिर्पोट रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले जानकारी दिनुभयो ।
थपिएका नयाँ सङ्क्रमितहरुमा बहुदरमाई नगरपालिकाका मेयरसहित २५ जनामा, नारायणी अस्पतालको प्रयोगशालाका एक कर्मचारी, नेपाली सेनामा एक जवानमा कोरोना सङ्क्रमण देखिएको हो । त्यस्तैगरी पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका दुई जना, वीरगञ्ज आदर्शनगरका छजना, श्रीपुरका चारजना, मुर्लीका दुईजना, नगवाका चारजना, रेशमकोठी र विर्ताका एक एकजना रहेका छन् ।