हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
पाल्पामा एक सिपाही एक विरुवासँगै एक नागरिक एक फलफूल विरुवा अभियान सुरु
सुनिल कार्की
पाल्पा। पश्चिम नेपालको सुन्दर नगरी पाल्पामा एक सिपाही एक विरुवा र एक नागरिक एक फलफूल विरुवा अभियानको थालनि भएको छ ।
नेपाली सेना श्री गोरख दल गण पाल्पाको आयोजनामा तानसेनको पर्यटकीय क्षेत्र श्रीनगरमा बृहत वृक्षारोपण गरिएको हो । श्रीनगर क्षेत्रको खालि क्षेत्रमा २ सय बढी विरुवा रोपण गरिएको गोरखदल गण पाल्पाका गणपति प्रमुख सेनानी जनक कुमार बस्नेतले जानकारी दिनुभयो । त्यस क्षेत्रमा खल्लुक र तेजपत्ता ५०÷५०, कपुर २८, चिउरी २०, विभिन्न प्रजातिका कटहर १५,राइखन्यो,इपिलिपि,बइस १०÷१०, अमला ७ गरि दुई सय विरुवा बृक्षारोण गरिएको गणपति बस्नेतले बताउनुभयो ।
प्रधानसेनापति कमाण्ड निर्देशीका २०७६ अनुसार गो ग्रिन क्याम्पीयन कार्यक्रम अन्तर्गत गणले सो अभियानलाई सफल बनाउन वृक्षारोपण कार्यक्रमलाई तिव्र बनाएको छ ।
नेपाली सेनाले पाल्पाका विभिन्न क्षेत्रमा रहेका खालि ठाउँमा वृक्षारोण गर्ने योजना बनाएको छ ।